मानिसहरूले सिंगै घरलाई काँधमा उचालेर अर्को ठाउँमा सारे, भिडियो

डिसी नेपाल
१९ मंसिर २०७९ १३:२८

काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ । यस भिडियोमा केही व्यक्तिहरूले कच्चा घर उठाएर अर्को ठाउँमा सारेको देखिन्छ। यो घरमा एक वृद्ध मानिस एक्लै बस्थे । भिडियोमा घर सार्नुको कारण निकै रोचक छ । यो घटना फिलिपिन्सको जाम्बोआंगा डेल नोर्टेको हो ।

भिडियोलाई इन्स्टाग्राममा ‘गुड न्युज मुभमेन्ट’ नामक एकाउन्टबाट शेयर गरिएको छ । यस खाताबाट प्रायः सकारात्मक भिडियोहरू साझेदारी गरिन्छ। हालै एउटा झुपडी उठाएर अर्को ठाउँमा सारिएको भिडियो अपलोड भएको थियो । सात फिट अग्लो घरलाई बाँसको लट्ठीको सहाराले काँधमा उठाएर केही मानिसहरूले सारेको देखिन्छ ।

जानकारी अनुसार यस घरमा एक वृद्ध एक्लै बस्ने गर्दथे । उनको हेरचाह गर्ने कोही थिएन । बुढाकी श्रीमतीको मृत्यु भइसकेको थियो । बाँकी परिवार केही टाढा अर्को घरमा बस्थे। उनका छोरा र नातिनातिना पनि अन्यत्र बस्थे ।

बूढाका आफन्तहरूले बारम्बार उनलाई नजिकै सर्न आग्रह गरे तर त्यहाँ कुनै घर खाली थिएन। यस्तो अवस्थामा स्थानीयले वृद्धको घर उठाएर परिवारका सदस्यको नजिक लगेका थिए । करिब २ दर्जन मानिस मिलेर यो असम्भव कामलाई सम्भव बनाएका छन् ।

पूरै घरलाई काठको खम्बामा टेवा दिएर अर्को ठाउँमा सारिदिए । स्थानान्तरण पछि, वृद्ध मानिसकी छोरीले सबैको लागि पार्टी आयोजना गरिन्।

यो भिडियोलाई अहिलेसम्म २५ लाखभन्दा बढीले हेरेका छन् । हजारौंले यसमा कमेन्ट गरेर आफ्नो प्रतिक्रिया पनि दिएका छन् । एक प्रयोगकर्ताले भने- छिमेकीहरूले वृद्धलाई सहयोग गरेर उदाहरण बसाएका छन्।

अर्का प्रयोगकर्ताले लेखेका छन्– जनताको मन कति ठूलो छ । अर्को प्रयोगकर्ताले भने- असम्भवलाई सम्भव बनाए। अर्को प्रयोगकर्ताले लेखेका छन्- अद्भूत घर सर्दै।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *