डेढ करोड खर्च गरेर ३०० वटा आइफोन किनेका व्यक्ति पसलबाहिर निस्किनासाथ लुटिए

डिसी नेपाल
१९ मंसिर २०७९ १४:१२

काठमाडौं । एक व्यक्तिले डेढ करोड रुपैयाँभन्दा धेरै खर्च गरेर ३ सय आईफोन किनेका थिए । तर एप्पलको शोरुमबाट निस्कने बित्तिकै उनी लुटिए । लुटेराहरुले दिउँसो उनीमाथि आक्रमण गरी मोबाइल भरेको झोला खोसेर फरार भएका थिए । कुरा अमेरिकाको न्युयोर्कको हो ।

मेट्रो युके रिपोर्टका अनुसार घटना सोमबार बिहान १.४५ बजे भएको थियो, जब एक २७ वर्षीय पुरुष फिफ्थ एभिन्यूमा रहेको एप्पल स्टोरबाट मोबाइल किन्न गएका थिए। यहाँ उनले डेढ करोडभन्दा बढी खर्च गरेर ३०० वटा आइफोन १३ किनेका थिए र तीनवटा झोलामा भरेर पसलबाट निस्किए ।

झोला गाडीमा राख्न लाग्दा दुईजना अपहरणकारीले आक्रमण गरेका थिए । उनले ती व्यक्तिबाट मोबाइल भरिएको झोला खोस्ने प्रयास गरेका थिए । विरोध गर्दा अनुहारमा मुक्का हानेर झोला लिएर घटनास्थलबाट भागेका थिए । तीनवटा मध्ये एउटा झोला लुटेराहरूले लगे । यो झोलामा १२५ वटा आईफोन थिए जसको मूल्य ९५ हजार डलर थियो ।

उक्त व्यक्तिले एप्पल स्टोरबाट आईफोन किनेर आफ्नो मोबाइल पसलमा बेच्ने गरेको बताइएको छ । उनको पसल आफ्नो क्षेत्रमा निकै चर्चित छ । यसअघि उनीसँग यस्तो घटना भएको थिएन । तर सोमबार उनीसँग यस्तो अप्रिय घटना घट्यो ।

हाल प्रहरीले लुटेराहरुको खोजी गरिरहेको र उनीहरुको बारेमा जानकारी भए जानकारी दिन आग्रह गरेको छ । न्यूयोर्क जस्तो व्यस्त क्षेत्रमा यस्तो घटनाले प्रहरीलाई समेत चकित बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *