मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ

डिसी नेपाल
२० मंसिर २०७९ १८:०१
40
Shares

काठमाडौं । जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका – २ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका – ९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *