बसबाट ३९ केजी गाँजा बरामद

डिसी नेपाल
२१ मंसिर २०७९ २३:१७
40
Shares

सप्तरी । कञ्चनरूप नगरपालिकामा बुधबार बिहान ३९ केजी गाँजा फेला परेको छ । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना५ख १५६१ नम्बरको अग्नी यातायातको बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नामथर नखुलेका एक व्यक्ति नारायणघाट जाने भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै नदिई लगेज छोडि बेपत्ता भएपछि शंका लागेर बस चालकले प्रहरीलाई खबर गरेका थिए ।  बस खानतलासी गर्दा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रामकुमार यादवले बताए ।

उक्त जानकारी प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय ठेलिया र इलाका प्रहरी कार्यालय कन्चनरूपको प्रहरी टोलीले लगेजको लक तोडेर खोल्दा चार पोका गाजा फेला परेको डिएसपी यादवको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *