एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने

डिसी नेपाल
२२ मंसिर २०७९ १४:२४

काठमाडौँ। एमालेले भोलि शुक्रबार सचिवालय बैठक डाकेको छ। एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। सचिवालय बैठकमा यस विषयमाथि पनि छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *