भृकुटीको शालिक अनावरण {भिडियोसहित}

डिसी नेपाल
२२ मंसिर २०७९ १५:५५

काठमाडौं । राष्ट्रिय विभूति भृकुटीको शालिक भृकुटीमण्डपमा स्थापना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहिबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालिक अनावरण गरकी हुन् ।

शालिक अनावरणपछि बोल्दै मन्त्री रेग्मीले नेपालकी राजकुमारी भृकुटीको विबाह चिनिया शासक श्रङ चङगम्पोसँग भएपछि नेपाल र चीनको दौत्य सम्बन्ध स्थापित भएको भन्दै भृकुटीको शालिक निर्माण गरेपछि भृकुटी को हुन भन्नेबारे सबैले जानकारी पाउने बताइन् । उनले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको बताएकी छन्। मन्त्री रेग्मीले संस्कृतिलाई बिसिर्न थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरुक्षणमा जुट्न आग्रह गरिन्।

उनले हरेक संस्कृतिको धरोहरहरुको खोजि गरी संरक्षण संवर्धनमा लाग्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताएकी छिन्।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *