सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही

डिसी नेपाल
२३ मंसिर २०७९ १५:०४
672
Shares

काठमाडौं। चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ।

केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ।

चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ। बोर्डले शुक्रबार ७७ रै जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थसहित पत्राचार गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *