क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

डिसी नेपाल
२४ मंसिर २०७९ ६:२८
152
Shares

काठमाडौं। क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ। कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४-२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो।

ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे। ब्राजिलका लागि भने क्यासिमेरो र पेड्रोले गोल गर्दा रोड्रिगो र मार्क्विवन्होस पेनाल्टीमा गोल गर्नबाट चुके।

खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो। अत्तिरित्तल समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो।

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका नेयमारले गोल गर्दै पहिलो अग्रता लिएका थिए। उनले पाक्वेटाको पासमा गोल गरेका थिए । खेलको ११७औं मिनेटमा क्रोएसियाका ब्रुनी पेट्कोभिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए।

हारसँगै ब्राजिल भने प्रतियोगितबाट बाहिरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *