अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल कभर गर्ने क्रममा अमेरिकी खेल पत्रकारको मृत्यु

डिसी नेपाल
२४ मंसिर २०७९ १३:१४
1.2k
Shares

काठमाडौं । कतारमा जारी विश्वकप कभर गर्ने क्रममा अमेरिकी फुटबल पत्रकार ग्रान्ट वालको मृत्यु भएको छ । शनिबार अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलका क्रममा उनलाई ‘एक्यूट डिस्ट्रेस’ लागेको थियो जसका कारण उनको मृत्यु भएको थियो ।

रोयटर्सका अनुसार अमेरिकी सकर एसोसिएसनले ग्रान्टको मृत्युको प्रतिक्रिया दिँदै वालको मृत्युको खबर “हृदयविदारक” भएको बताएको छ। उनकी श्रीमतीले पनि ट्वीटरमा आफू ‘आघात’ भएको प्रतिक्रिया दिएकी छिन् ।

वाल अमेरिकी पत्रिका स्पोर्ट्स इलस्ट्रेटेडका रिपोर्टर थिए तर त्यसपछि उनले आफ्नै अनलाइन प्रकाशन प्लेटफर्म सबस्ट्याक सुरु गरे। शुक्रबार उनले पहिलो हाफसम्म नेदरल्यान्ड्स-अर्जेन्टिना खेलको बारेमा ट्वीट गर्दै थिए।

उनका एजेन्ट टिम स्क्यानलानले रोयटर्सलाई भने कि क्वार्टर फाइनल खेलमा वाल “अतिरिक्त मिनेटको सुरुमा केही प्रकारको गम्भीर समस्याबाट ग्रस्त” थिए।

स्क्यानलानले प्रेस बक्समा वाललाई बचाउने प्रयास गरिएको तर स्थानीय अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *