बिहेअघि सेक्स गर्न प्रतिबन्ध लगाइएपछि जनता आक्रोशित !
काठमाडौं । कोरोना महामारीबाट उकास्न खोजिरहेको इन्डोनेसियाको पर्यटन उद्योगमा फेरि एकपटक संकटको बादल लागेको छ । किनभने इन्डोनेसियाको संसदले अविवाहित जोडीलाई विवाह बाहिर शारीरिक सम्बन्ध राख्नुलाई अपराध घोषित गरेको छ । यो नियम इन्डोनेसियाका नागरिकका साथै त्यहाँ बस्ने विदेशी र पर्यटकलाई पनि लागू हुनेछ।
यो नयाँ दण्ड संहिता मंगलबार इन्डोनेसियाको संसदले अनुमोदन गरेको हो । यसका साथै यो फौजदारी कानून उल्लंघन गर्नेलाई एक वर्ष कैद सजायको व्यवस्था पनि गरिएको छ ।
यो नयाँ फौजदारी कानून अन्तर्गत विवाह बाहिरको यौनसम्पर्कलाई अपराधको दायरामा ल्याइएको छ । यससँगै बिहेपछि पार्टनर बाहेक अरुसँग शारीरिक सम्बन्ध राख्न पनि प्रतिबन्ध लगाइएको छ । तर, यस विषयमा कानून उल्लंघन गर्ने व्यक्तिका बाबुआमा, श्रीमान्–श्रीमती वा छोराछोरीको उजुरीपछि मात्र कारबाही गर्न सकिने कानुनमा उल्लेख छ ।
इन्डोनेसिया आफ्नो अतुलनीय सौन्दर्यका कारण पर्यटकहरु माझ निकै प्रख्यात छ । वर्ल्ड इकोनोमिक फोरमले मे २०२२ मा जारी गरेको तथ्यांक अनुसार, इन्डोनेसिया ग्लोबल टुरिज्म इन्डेक्समा ३२ औं स्थानमा थियो। यहाँ पर्यटन उद्योग देशको आम्दानीको स्रोत मात्र नभएर लगानी र रोजगारीको स्रोत पनि हो । त्यसैले यो कानुनका कारण इन्डोनेसियामा विदेशी पर्यटकको संख्यामा कमी आउने विज्ञहरूले आशंका गरेका छन्, जसले देशको पर्यटन उद्योगमा निकै नराम्रो असर पार्नेछ ।
यस विवादास्पद कानूनको बिरूद्ध यस हप्ता जकार्तामा कडा विरोध प्रदर्शन भएको थियो। यसैबीच मानवअधिकारका लागि काम गर्ने विश्वभरका निकायहरूले पनि यो कानूनलाई ‘आपत्तिजनक’ भनेका छन् । अविवाहित जोडीलाई सँगै बस्न प्रतिबन्ध लगाउने कानुनलाई यसै साता अदालतमा चुनौती दिने अपेक्षा गरिएको छ।
यो दण्ड संहिता पारित गर्ने योजना तीन वर्षदेखि चलिरहेको थियो तर विरोधका कारण हुन सकेन । यो इन्डोनेसियाका नागरिकहरूका साथै त्यहाँ बस्ने विदेशी र पर्यटकहरूमा लागू हुनेछ।
यस नयाँ विवादास्पद कानूनको अष्ट्रेलियाली समाचारपत्रहरूले पनि व्यापक आलोचना गरेका छन् किनभने इन्डोनेसिया विशेष गरी बाली अष्ट्रेलियालीहरूको सबैभन्दा मनपर्ने विदेशी पर्यटक स्थलको रूपमा प्रसिद्ध छ। अष्ट्रेलियाली पर्यटकहरू बालीमा हरेक वर्ष ठूलो मात्रामा आउँछन्।
तर, फौजदारी मुद्दा दर्ता गर्न अभियुक्त दम्पतीका छोराछोरी, आमाबुवा वा श्रीमान्–श्रीमतीले उजुरी दिनुपर्ने भएकाले यो नयाँ दण्ड संहिताले पर्यटकलाई खासै प्रभाव नपर्ने पनि धेरै विज्ञहरू बताउँछन् ।
इन्डोनेसियाको अर्थतन्त्र अष्ट्रेलियाली पर्यटकहरूमा धेरै निर्भर छ, जो कोरोना महामारी अघि इन्डोनेसियाको पर्यटन क्षेत्रको लागि सबैभन्दा ठूलो आम्दानीको स्रोत थियो। बालीको सुन्दर टापुको न्यानो मौसमको मजा लिन हरेक महिना हजारौं अस्ट्रेलियालीहरू यहाँ आउँछन्। तिनीहरू यहाँ सस्तो बियरको आनन्द लिन्छन् र रातभर समुद्र तटमा पार्टी गर्छन्।
यति मात्र होइन, बालीको सुन्दर समुद्र तटमा विवाह गर्ने चलन पनि विदेशीहरू, विशेष गरी अष्ट्रेलियालीहरूमा धेरै सामान्य छ। बालीमा हरेक वर्ष हजारौं अष्ट्रेलियाली विद्यार्थीहरू आफ्नो स्नातक उत्सव मनाउन आउँछन्।
इन्डोनेसियामा लागू भएको यो कानुनप्रति पर्यटकसँगै पर्यटन क्षेत्रसँग आवद्ध व्यक्तिले असन्तुष्टि जनाएका छन् । सन् २०१७ देखि बालीमा काम गर्दै आएका योमन नामका टुर गाइडले नयाँ कानुनको प्रभाव सम्पूर्ण इन्डोनेसिया विशेषगरी बालीका लागि निकै खतरनाक हुने बीबीसीलाई बताए ।
“म धेरै चिन्तित छु, किनकि म वास्तवमै पर्यटनमा निर्भर छु,” उनले भने। २०१७ मा बालीमा १८ महिना बसेकी क्यानडाकी प्रसिद्ध ट्राभल ब्लगर मेलिसा गिरौक्सले बीबीसीलाई बताइन् कि यति वर्षसम्म छलफल गरिए पनि यो कानून लागू भएकोमा उनी छक्क परेकी छन्।
यो कानुनअनुसार यौनसम्पर्क गर्ने अविवाहित जोडीलाई एक वर्षसम्म र विवाह नगरी सँगै बस्नेलाई ६ महिनासम्म जेल सजाय हुनसक्छ । यो नयाँ दण्ड संहिताको अर्थ महिला वा पुरुषले कानून उल्लंघन गरेमा पहिलो उजुरी आरोपी दम्पतीका छोराछोरी, आमाबुवा वा श्रीमान् वा श्रीमतीले गर्ने हो ।
साथै, यो कानून पारित गर्ने नेताहरूले हाम्रो उद्देश्य इन्डोनेसियाको मूल्यमान्यता र विवाह जस्ता संस्थाको रक्षा गर्ने मात्र रहेको बताउँछन् । कानुन लागु भएपछि समाजमा सन्तुलन कायम गर्नेछौं । नयाँ कानुनको उदेश्य यो होइन कि यसको नाममा मानिसहरु अरुमाथि नैतिकता थोप्न थाल्छन् ।







डिसी नेपाल







Facebook Comment