तेलको मूल्य सीमा तोकेपछि आक्रोशित रुसको निर्णयले हाहाकार मच्चिन सक्ने
काठमाडौं । अमेरिकालगायत जी–७ देशले रुसको तेलको मूल्य निर्धारण गर्ने निर्णय गरेका छन् । तेल बिक्रीबाट रुसको आम्दानीमा नोक्सान पुर्याउने उद्देश्यले यो निर्णय लिइएको हो। यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा स्वरमा भनेका छन् कि यदि उनीहरुको तेलमा मूल्य सीमा तोकियो भने रुसले कुनै पनि देशलाई तेल बेच्ने छैन ।
पुटिनले तेल उत्पादन कटौती गर्ने चेतावनी पनि दिएका छन् । पुटिनले शुक्रबार पत्रकारहरूलाई भने कि रसियाले यो मूल्य सीमामा सहमत भएका वा रूसी तेल खरिदमा ईयू प्रतिबन्धमा संलग्न देशहरूलाई तेल बेच्ने छैन। सम्भव भएमा तेल उत्पादन कटौती गर्नेबारे पनि सोच्ने उनले बताए ।
युक्रेन युद्धपछि यसलाई रुसमाथि ईयूको प्रतिबन्ध र मूल्यवृद्धिप्रति पुटिनको सम्भावित पहिलो प्रतिक्रियाको रूपमा हेरिएको छ । जी-७ देशहरूले रूसी तेलको मूल्य क्याप लगाउन लागेका छन्। यो मूल्य क्याप प्रति ब्यारेल ६५ देखि ७० डलर सम्म हुन सक्छ। यसको स्पष्ट अर्थ रूसले यो भन्दा महँगो तेल बेच्न सक्नेछैन। मूल्य क्याप लागू भएपछि कुनै कम्पनीले सो अनुरूपको तेल खरिद नगरेमा सो तेलको ढुवानी, बीमा र अन्य आर्थिक सहयोग कम्पनीलाई दिइने छैन ।
तेलको मूल्य घटाउने निर्णयलाई मुर्खतापूर्ण निर्णय भन्दै पुटिनले यो विश्वव्यापी तेल बजारका लागि हानिकारक भएको बताए । पुटिनले यसलाई कार्यान्वयन गर्नु सबैका लागि मुर्खता हुने बताउँछन्। रुसले पश्चिमा मुलुकले ल्याएको यो मूल्य बजारको सिद्धान्तविपरीत भएको भन्दै पहिले नै भनिसकेको छ ।
युक्रेनमा भएको आक्रमणपछि रुसमाथि धेरै किसिमका प्रतिबन्धहरु लगाइएको छ । यी प्रतिबन्धहरू मूलतः अमेरिकालगायत धेरै ठूला पश्चिमी देशहरूले लगाएका छन्। यी प्रतिबन्धहरूमा मूल्य क्याप पनि छ। जी-७ देशहरूले मूल्य क्याप अन्तर्गत रूसी तेलको मूल्य निर्धारण गर्नेछ। रुसले अहिले आफ्नै मूल्यमा तेल बिक्री गरिरहेको छ । तर रुसको तेलमा मूल्यवृद्धि गरिएपछि अवस्था पहिलेको जस्तो हुने छैन ।







डिसी नेपाल







Facebook Comment