बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारविरुद्ध विपक्षीको वृहत प्रदर्शन

डिसी नेपाल
२५ मंसिर २०७९ ६:५२
96
Shares

ढाका। बंगलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ। प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा उत्रिए। उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको माग गरे। उनीहरूले ‘शेख हसिना भोट चोर हुन’ भन्ने नारा लगाएका थिए।

कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसदहरूले संसदबाट राजीनामाको घोषणा गरे, जसले व्यवस्थापिकालाई रबर स्ट्याम्प बनाउनेछ। हसिनाको पार्टीले पहिले नै दुई तिहाइ भन्दा बढी बहुमत पाएको थियो। पश्चिमा सरकार र संयुक्त राष्ट्र संघले बंगलादेशको राजनीतिक वातावरणमा चिन्ता व्यक्त गरेका छन्।

बंगलादेश एसियामा सबभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र मध्ये एक हो। तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेल आयात रोक्न बाध्य तुल्याएको छ भने बिजुली कटौती र इन्धनको मूल्यवृद्धिले हालका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन्।

बंगलादेशी मुद्रा टाकाको मूल्य २५ प्रतिशतले गिरावट आएको छ, जसका कारण खाद्यान्नको आयातको लागत बढाउँदै गरिब तथा न्यून मध्यम वर्गीयलाई प्रभावित गरेको छ।

बंगलादेशको आधा दर्जन टेलिभिजन न्युज च्यानलमध्ये कुनै पनि च्याननले प्रदर्शनको लाइभ प्रसारण गरेनन् । अधिकारीहरुले प्रसारण नगर्न दबाब दिएको आशंका बढेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *