रुसी नोबेल विजेतालाई पुरस्कार अस्वीकार गर्न क्रेमलिनको दबाब
मस्को। यस वर्षको नोबेल शान्ति पुरस्कारका रुसी सह–विजेताले क्रेमलिनका अधिकारीहरूले आफूलाई पुरस्कार अस्वीकार गर्न भनेका छन्।
आफूलाई पुरस्कार स्वीकार नगर्न भनिएको मेमोरियलका प्रमुख यान रचिन्स्कीले बताएका हुन्। दुई अन्य सह विजेताहरू युक्रेनी मानवअधिकार संगठन र जेलमा रहेका बेलारूसी अधिकार रक्षक पुरस्कार लिनका लागि ‘अनुपयुक्त’ भएको भन्दै रचिन्स्कीलाई पुरस्कार नलिन क्रेमलिन अधिकारीहरुले दबाब दिएका हुन्।
मेमोरियल रूसको सबैभन्दा पुरानो नागरिक अधिकार समूहहरू मध्ये एक हो, जसलाई गत वर्ष सरकारले बन्द गरेको थियो।
बिबीसीसँगको एक अन्तर्वातामा राचिन्स्कीले उनको संगठनलाई पुरस्कार अस्वीकार गर्न सल्लाह दिइएको स्वीकार गरेका छन्। ‘तर, स्वाभाविक रूपमा हामीले यो सल्लाहलाई ध्यान दिएनौ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment