अमेरिकाले एक भारतीयसहित दुईजना र सात संस्थामाथि प्रतिबन्ध लगायो, उत्तर कोरियाका लागि काम गरेको आरोप
काठमाडौं । उत्तर कोरियाली सरकारी एनिमेसन स्टुडियोमा काम गरेको र सहयोग गरेको अभियोगमा अमेरिकाले दुई व्यक्ति र सात संस्थामाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धितमा एक भारतीय पनि छन् ।
विश्वभर भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको जवाफदेहितालाई बढावा दिने उद्देश्यले अमेरिकाले यो कदम चालेको हो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकाले डिपीआरके (डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया) सरकारद्वारा सञ्चालित एनिमेसन स्टुडियो, एसके स्टुडियोका लागि सामग्री सहयोग र काम उपलब्ध गराउने दुई व्यक्ति र सात संस्थाहरूलाई प्रतिबन्धित गरेको छ।
फ्रान्सका किम म्योङ चोल, हङकङस्थित कम्पनी एभरलास्टिङ एम्पायर लिमिटेड, टियान फाङ (हङकङ) होल्डिङ लिमिटेड, चीनको फुजियान नानान इम्पोर्ट एन्ड एक्स्पोर्ट कम्पनी, रुसको सीमित दायित्व कम्पनी किनौटिस र सिंगापुरस्थित फनसागा प्रा.लि. माथि प्रतिबन्ध लगाइएको छ ।
भारतमा रहेका दीपक सुभाष जाधव, चीनमा रहेको यानचेङ थ्री लाइन वान प्वाइन्ट एनिमेसन कम्पनी लिमिटेड र चीनस्थित क्वान्झाउ यियाङजिन इम्पोर्ट एन्ड एक्स्पोर्ट कम्पनीको नाम समावेश छ ।
जाधव फुन्सागा प्रालिका भारतमा आधारित निर्देशक हुन् र एनिमेसन परियोजना निर्माण गर्न एसईकेसँग सम्झौता गरेका छन्।
यसका लागि क्वान्झाउ याङजिन इम्पोर्ट एन्ड एक्स्पोर्ट ट्रेड कम्पनी लिमिटेड र यानचेङ थ्री लाइन वान प्वाइन्ट एनिमेसन कम्पनी लिमिटेड मार्फत भुक्तानी भइसकेको छ ।







डिसी नेपाल







Facebook Comment