मिडिया मुगललाई ६ वर्षको जेल सजाय

डिसी नेपाल
२५ मंसिर २०७९ १२:३५
24
Shares

काठमाडौं । हङकङका मिडिया मुगुल भनेर चिनिने अर्बपति व्यापारी जिमी लाइलाई ठगी मुद्दामा झण्डै ६ वर्षको जेल सजाय सुनाइएको छ ।

फैसला सुनाउने न्यायाधीशले जिमी लाइलाई गैरकानूनी रूपमा कार्यालयको ठाउँ अर्का व्यक्तिलाई भाडामा दिएकोमा दोषी ठहर गरिएको बताए ।

न्यायाधीशले जिमी लाइलाई कुनै पछुतो नभएको बताए। गत वर्ष प्रतिबन्धित प्रदर्शनमा भाग लिएको आरोपमा ७५ वर्षीय जिमी लाइ जेल परेका थिए ।

तियानमेन स्क्वायरका पीडितहरूको सम्झनामा यी प्रदर्शनहरू आयोजना गरिएको थियो।

बेलायती नागरिकता धारण गरेका उनका छोरा सेबास्टियन लाइले बेलायतले जिमी लाइलाई केही सहयोग नगरेकोमा आफूलाई पश्चाताप भएको बताए ।

सेबास्टियन लाइले आफ्नो बुबाले कुनै गल्ती नगरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *