आफ्ना उपाध्यक्ष तथा राखेपका पूर्व सदस्य सचिव सिंहप्रति हिमानी ट्रष्ट अमेरिकाको श्रद्धाञ्जली

डिसी नेपाल
२८ मंसिर २०७९ १६:४७

काठमाडौँ । हिमानी ट्रष्ट अमेरिकाका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधनको १३ औं दिनमा हिमानी ट्रष्ट अमेरिकाले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्मा तथा महासचिव आनन्दु लामाले एक विज्ञप्ति मार्फत स्व. सिंहप्रति श्रद्धान्जली अर्पण गर्दै समवेदना प्रकट गरेका हुन् । ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका सिंहको डिसेम्बर १ मा निधन भएको थियो ।

२०५९ सालदेखि नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदमा रहेर २०६३ वैशाखसम्म परिषद्लाई नेतृत्व प्रदान गरेका सिंहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०२९ देखि २०३४ सालसम्म राष्ट्रिय ब्याडमिन्टनमा लगातार ६ पटक एकल तर्फको उपाधि जित्नेका सिंहको ह्रदयघातका कारण निधन भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *