विदुर नगपालिकाको ढल निर्माण तथा प्रशोधन आयोजना सुरु

डिसी नेपाल
१ पुष २०७९ २३:१३

नुवाकोट । नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’को काम सुरु भएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत सञ्चालन गर्न लागिएको आयोजनाको विदुरका नगरप्रमुख राजन श्रेष्ठले आज शुभारम्भ गरे । नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बग्ने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्धिकरण गर्न महत्वका रुपमा लिइएको आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।

“अहिले निर्धारण गरिएको क्षेत्राधिकार बढाएर तोकिएका वडाहरु २, ४, ५ र ६ नं को बढी जनघनत्व भएको क्षेत्र र केही वडा थप गर्न पहल गर्नुपर्नेछ”, उनले भने, “एकीकृत गरिने ढललाई शुद्धिकरण गर्न बनाइने ‘प्रशोधन केन्द्र’ निर्माण गन अब दोस्रो चरणको ठेक्का चाँडै लगाउन आयोजनाको कार्यालयलाई सहज बनाउनेछौँ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *