धूलाम्य सडकमा यात्रा गर्न बाध्य स्थानिय {भिडियोसहित}

डिसी नेपाल
३ पुष २०७९ १३:५३

नवलपुर। धूलाम्य सडकका कारण नवलपुर क्षेत्रको सडक भएर यात्रा गर्ने व्यक्ति तथा स्थानियले समस्या भोग्दै आएका छन् । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा पर्ने नवलपुर क्षेत्रको सडकमा उडेको धूलोले स्थानियहरु प्रभावित भएका छन्। धुलोका कारण स्थानिय तथा यात्रुहरुमा स्वास्थ्य समस्या पर्ने गरेको छ ।

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडले ४२ महिनामा सक्नुपर्ने सडक विस्तारको काम समयावधिभित्र १८ प्रतिशत मात्रै सम्पन्न गरेको थियो । निर्माणको क्रममा विभिन्न अवरोध हुँदा निर्माणमा ढिलाइ भएको कारण उल्लेख गर्दै सडक सम्पन्न गर्नुपर्ने समय सीमा गत साउन २३ गतेदेखि गणना हुनेगरी ३८५ दिन थपिएको छ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *