अर्जेन्टिनामा जीतको खुसी मनाउन लाखौंको भिड, खेलाडीले विजय जुलुस पनि पूरा गर्न सकेनन्

डिसी नेपाल
६ पुष २०७९ १५:१६
500
Shares

काठमाडौं । अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेपछि देशभर उत्सव मनाइँदैछ । जनताको उत्साह यति थियो कि भीडभाडका कारण टोलीका खेलाडीले विजय परेड पनि पूरा गर्न सकेनन् र हेलिकप्टरबाट लैजानुपरेको थियो ।

अर्जेन्टिनाका खेलाडीहरूले राजधानी ब्युनर्स आयर्सको मंगलोरमा खुला बसमा विश्वकपको साथ परेड निकाल्नेवाला थिए। तर, खेलाडी र कपको झलक हेर्न लाखौं मानिस सडकमा भेला भएका थिए । यो संख्या यति धेरै थियो कि खेलाडीको बसले निर्धारित रुट पनि पूरा गर्न सकेन ।

भीडका कारण बस चल्ने ठाउँ नपाएपछि खेलाडीलाई हेलिकप्टरमा राखिएको थियो । समाचार एजेन्सी रोयटर्सले देशको स्थानीय मिडियालाई उद्धृत गर्दै परेडको बाटोमा करिब ४० लाख मानिस भेला भएको बताएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बस पुलमुनि जाँदा केही फ्यानहरू बसमा चढ्न खोजिरहेका देखिन्छन् । यस्तो अवस्थामा सुरक्षाका कारण आठ घण्टाको यो यात्रा छोटो पारिएको हो ।

कतारमा जारी फिफा विश्वकपको आइतबार भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । यसलाई अर्जेन्टिनाको फुटबल टिमका कप्तान लियोनल मेस्सीको अन्तिम विश्वकप पनि भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *