चीनसँगको विवादित सीमामा ‘अभूतपूर्व स्तर’मा भारतीय सेना तैनाथ

डिसी नेपाल
६ पुष २०७९ १८:५७
168
Shares

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमामा सेना तैनाथलाई अभूतपूर्व स्तरमा पु¥याएको बताएका छन् । भारतले चीनलाई सीमामा यथास्थिति ‘एकतर्फी रूपमा परिवर्तन’ गर्न नदिने उनले बताए ।

अरुणाचल प्रदेश राज्यको सीमामा रहेको विवादित क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको केही दिनपछि उनको टिप्पणी आएको हो । चिनियाँ सेनाको अतिक्रमणका कारण भिडन्त सुरु भएको भारतले दाबी गर्दै आएको छ ।

यसैबीच, चीनको परराष्ट्र मन्त्रालयले उनीहरुको जानकारी अनुसार सिमानामा स्थिति सामान्यतया स्थिर रहेको र दुई पक्षले यस विषयमा वार्ता जारी राखेको जनाएको छ ।

भारत र चीनबीच ३ हजार ४ सय ४० किलोमिटर लामो सीमा जोडिएको छ , जसलाई वास्तविक नियन्त्रण रेखा भनिन्छ । सीमामा  दुवै पक्षका सेनाबीच आमने सामने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *