संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन : निवर्तमान श्रममन्त्री कुँवर {भिडियो}

डिसी नेपाल
११ पुष २०७९ १५:२२

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरि काम सुरु भएको दावी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा कुँवरले सवै श्रम कार्यालयबाट बैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने देखि श्रम क्षेत्रलाई व्यवस्थीत गर्ने कामको सुरुवात आफ्नो कार्यकालमा भएको दावी गरे ।

उनले श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उदेश्यकले श्रमको सम्मान राष्ट्रियको अभियान कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुदासम्म बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको बताए ।

रोजगारी सिर्जना गर्ने चूनौति अहिले पनि बिद्यमान देखिएको भन्दै यसमा ध्यान केन्द्रीत गर्नुपर्ने कुँवरले बताए । उनले मन्त्रालयमा आउनु र जानु स्वभाविक रहेको भन्दै जुनसुकै भूमिकामा रहेपनि मुलुकप्रति समर्पित भएर काम गर्ने धारणा राखे ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *