राखेपविरुद्धको रिटमा लिखित जवाफ माग

डिसी नेपाल
११ पुष २०७९ २०:४५
32
Shares

काठमाडौं । नेपाल तेक्वान्दो सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता खारेजीविरुद्ध दिएको रिट निवेदनमा उच्च अदालत पाटनले कारणसहित लिखित जवाफ माग गरेको छ । न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले आज कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।

तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्सहित पाँच संस्थालाई विपक्षी बनाएर शुक्रबार रिट निवेदन दायर गरेका थिए । अदालतले लिखित जवाफका साथै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

राखेपले विवादित भनिएका नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय तेक्वान्दो सङ्घको दर्ता खारेज गरी नेपाल तेक्वान्दो महासङ्घ गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालतमा रिट निवेदन दायर भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *