ऐतिहासिक सामरी पौवाको पुर्ननिर्माण {भिडियो}

डिसी नेपाल
१३ पुष २०७९ १५:१२

काठमाडौं । विसं. २०७२ को विनासकारी भूकम्पले क्षति पुराएको नुवाकोटको म्यागङ गाँउपालिका–५ सामरीभञ्याङमा अवस्थित ‘सामरी पौवा’को पुर्ननिर्माण गरिएको छ । एक करोड १५ लाख लगानीमा पुरातत्व विभाग मार्फत उक्त पौवाको पुर्ननिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुंवरले जानकारी दिए ।

स्थानीय बुढापाका तथा शिलालेख अनुसार विसं।१७५० को दशकमा स्थानीय कालीदास खड्कामगरले बनाएको उक्त पौवामा नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउदाँ विसं. १८०१ मा पृथ्वीनारायण शाह सहित उहाँको सैनिक फौज केही दिन उक्त स्थानमा बसेर युद्धको योजना बनाएको तथा खर्चको जोहो मिलाएको लगायतको कारण ऐतिहासिक मानिन्छ । उक्त पौवा विसं। २०७२ को भूकम्पले क्षति पुराएपछि समयमा नै पुर्ननिर्माण नहुदाँ खण्डहर बनेको थियो ।

गुठीको नाममा रहेको यस पौवा पुरातत्व विभाग (सरकारी पक्ष) बाट पुर्ननिर्माण गर्ने कि खड्का परिवारलाई नै सुम्पने लामो समयको अध्ययन, साक्षत्कार तथा प्राप्त ईतिहासको आधारमा पुर्ननिर्माण सहित पौवाको जिम्मेवारी लिइएको नुवाकोट दरबार हेरचाह तथा संरक्ष्ँण कार्यालयका प्रमुख अजुर्नप्रसाद फुयाँलले जानकारी दिए ।

उनको अनुसार यसअघिको मौलिकपन कायम राखेर पहिला जस्तो थियो सोही स्वरुपमा पुर्ननिर्माण गरिएको हो । सो सगैँ रहेको पाटी लगायतका संरचनाको पुर्ननिर्माणको लागी लागत इष्टिमेट खर्चको अनुमान तयार भएकाले आवश्यक थप संरचनाको पुर्ननिर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने विभागको छ । प्राप्त ईतिहास अनुसार उक्त पाटी स्थानीय कालीदास खड्कामगरले व्यक्तिगत लगानीमा निर्माण गरेका थिए ।

गोरखाबाट यही बाटो हुदै नुवाकोट आक्रमणको लागी आएको पृथ्वीनारायण शाह सहित उनको सैनिक फौज यही पौवा आसपासमा केही समय बसेर युद्धको योजनाको बनाएको कालीदासका सन्तान स्थानीय रामेश्वर खड्काले सुनाए ।

उनका अनुसार पृथ्वीनारायण शाहलाई खड्का परिवारले उक्त पौवामा बस्न सहित कागज गराएर नगद, अन्नबाली, लत्ताकपडा समेत गरेर सो समयमा रु.चार हजार ऋण दिएको थियो । सो ऋणको प्रमाण पेश गरेर आफ्नो पुर्खाले दिएको ऋण विसं.२०१५ सालमा तत्कालीन राजा महेन्द्रवीरविक्रम शाहसंग फिर्ता लिएर विसं।१९९० सालमा भूकम्पले क्षति पुराएको उक्त पौवाको खड्का परिवार मार्फत नै मर्मतसम्भार गरिएको थियो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *