भायानेट कम्युनिकेसनकी सीईओ पाठक ‘लिडरशिप फिमेल अफ द इयर २०२२’ द्वारा सम्मानित

डिसी नेपाल
१६ पुष २०७९ १०:२९

काठमाडौं । भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरा नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित भएकी छन् । उनी देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिलामध्ये एक हुन् ।

सन् २०१२ मा वित्त तथा सञ्चालन निर्देशकका रूपमा भायानेटमा जोडिएकी पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेकी थिइन् । उनको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रूत रूपमा विस्तार गरिरहेको छ ।

एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टतालाई पुरष्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरस्कार हो ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *