लागुऔषधको हव बन्दै जुम्ला, १८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
जुम्ला। पछिल्लाे समय जुम्लामा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको छ। लागुऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोवारमा कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ।
विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। ‘प्रहरीले विद्यालय र एसईईलाई लक्षित गरी जुम्लामा खोलिएका ट्युसन सेन्टरमा समेत लागुऔषधसम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘प्रहरीको एकल प्रयासले मात्रै आगुऔषध रोक्न सकिँदैन। यसमा स्थानीय सरकार र यहा राजनीतिक दलहरू पनि लाग्नुपर्ने जरुरी छ।’
डिएसपी चन्दले सिजा गाउँपालिकाका जनप्रतिनीधि र विद्यालयका प्रधानाध्यापकबीच लागुऔषध निर्मूल पार्न अन्तरक्रिया कार्यक्रम गरिएको बताए। उनका अनुसार परिवार तथा अभिभावको हेलचेक्य्राई र निगरानी अभावमा किशोरावस्थाका पुस्ता लागुऔषधको कुलतमा फस्दै जान थालेका हुन्र। जुम्ला प्रहरीका अनुसार लागूऔषधको कुलतमा फसेकाहरुको उम्मेर १८ वर्षदेखि ४० वर्षसम्मका बढी छन्।
जुम्लामा आर्थिक वर्ष २०७७-७८ मा ब्राउनसुगर र चरेस गरी पाँचवटा मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०७८-७९मा ब्राउनसुगर र चरेस गरी सातवटा मुद्दा दर्ता भएका छन्। चालू आवमा ब्राउन सुगर र चरेसका चारवटा मुद्दा दर्ता भएका छन्। जुम्ला प्रहरीको त्रिवर्षीय तथ्यांक हेर्दा १८ देखि ४० वर्ष उम्मेरका ४४ जना पक्राउ परेका छन्। १८ वर्षभन्दा मुनिका तीनजना छन्। ४० देखि ६० वर्षका २ जना छन्।
प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेको जुम्लाका प्रमुख जिल्ल अधिकारी मुकेशकुमार केशरीले बताए। उनले भने, ‘जुम्ला लागुऔषधको हब बन्दै छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू लागुऔषधको कुलतमा फसेको पाइन्छ।’
सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले ब्राउनसुगर जस्ता लागुऔाषधको विषयमा पालिकाले पनि सचेतनाका कार्यक्रम गर्ने बताए। उनले लागुओषध कारोबारीहरूको सञ्जाल तोड्न प्रहरीसँग सहकार्य गर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment