राहुघाट जलविद्युत आयोजना निर्माणले गति लियो {भिडियो}

डिसी नेपाल
१७ पुष २०७९ १५:३१

म्याग्दी। नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणले गति लिएको छ । नेपाल विद्युत् प्राधिकरणका अधिकांश रुग्ण आयोजना निर्माण सम्पन्न भए पनि बाँकी रहेको राहुघाट जलविद्युत् आयोजना अनेक आरोह–अवरोह पार गर्दै बल्ल गति लिने अवस्थामा पुगेको हो । २०६६मा प्राधिकरण आफैंले निर्माण थालेको सो आयोजना पछिल्लो पटक २०७३ देखि भने कम्पनी मोडलमा अगाडि बढाइएको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको यो आयोजना म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा बाँध, सुरुङ र विद्युतगृहलगायतका संरचना धमाधम निर्माण भइरहेका छन् ।

छ हजार २७० मिटर मध्य तीन हजार ६७५ मिटर सुरुङ निर्माण भएको छ । रघुगङ्गा–४ दग्नाम र वडा नं ५ झिँको सिमानामा बाँयातर्फबाट अर्धजलाशययुक्त बाँधको संरचना निर्माण भइरहेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ ।

तिल्केनीचौरमा विद्युतगृहको भवन निर्माणसँगै उपकरण जडानको तयारी भएको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

कूल ४५ महिनाको ठेक्का अवधीको म्याद सकिएपछि साढे दुई वर्ष म्याद थप भएको छ । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले आफ्नो कामलाई तिब्रता दिएको प्रबन्ध सञ्चालक गणेश केसीले बताए।

भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *