इलाममा पोखरीमा डुबेर २६ वर्षीय युवतीको मृत्यु

डिसी नेपाल
१७ पुष २०७९ १९:३०
152
Shares

इलाम । इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ । आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले  जनाएको छ ।

पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *