एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्दै

डिसी नेपाल
१८ पुष २०७९ ६:३५

काठमाडौं। एकीकृत समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल गर्न पोलिट्व्युरो बैठक बोलाएको छ।

पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले सोमबार (आज) पोलिट्व्युरो बैठक बोलाउने निर्णय गरेको हो। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वर्तमान परिस्थितिका बिषयमा गहन रुपमा बैठकमा छलफल भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।

नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केही थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने बिषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको खनालको भनाइ छ।

उनले पोलिट्व्युरो बैठकमा पनि सरकारका बारेमा छलफल हुने र आवश्यक निर्णय गर्ने बताए। आफूहरु पहिलेदेखि नै बामपन्थी एकताको बिषयमा रहेपनि टाउको जोडेर हुने कुरा नभएको र एजेण्डा मुख्य भएको उनको भनाइ छ।

त्यस्तै समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सोमबार पार्टीको पोलिट्व्युरो बैठक बस्ने र पोलिट्व्युरोले निष्कर्ष निकालेपछि समसामायीक राजनीतिक परिस्थितिमा धारणा सार्वजनिक गर्ने बताए । उनले पार्टी एकता बजार हल्लामात्रै भएको र दुवैतर्फबाट कुनै छलफल नभएको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *