अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो
काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १-१ गोलको बराबरीमा रोकिएको छ। एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो।
चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो। बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं स्थानमा छ। १४ अंकजोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ।
खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको गोलमा चेल्सीले खेलमा अग्रता बनाएको थियो। पोलमा ढोकिएको रिबाउँन्ड बललाई बक्स भित्रबाट स्टर्लिङले वान टचमै जाली चुमाएका थिए। खेलको ६३औं मिनेटमा फोरेस्ट खेलमा फर्कियो। बोलीको पासमा सर्जी औरियरले बराबरी गोल गरेका थिए।
राति नै भएको खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २-० ले पराजित भएको छ। जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ। पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment