मार्चपछि पिएसजीको पहिलो हार

डिसी नेपाल
१८ पुष २०७९ ९:२९
1.6k
Shares

काठमाडौँ। पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ। फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो।

स्टार खेलाडी लियोनल मेसी र नेयमार बिना मैदानमा उत्रिएको पिएसजी फिनिसिङमा चुकेको थियो। केलियन एम्बाप्पले पुरा समय खेलेपछि आफूलाई प्रमाणित गर्न सकेनन्।

दोस्रो स्थानको लेन्स पछिल्लो १७ खेलमा जम्मा एक खेलमा हार बेहोरेको छ। क्रिस्टोफ गाल्टियरको पिएसजी भन्दा लेन्स जम्मा चार अंकले पछि छ। लेन्सको जितमा लुइस ओपेन्डाले एक गोल गरेभने एक गोलको अवसर सृजना गरेका थिए।

खेलको पाँचौ मिनेटमा फ्राङ्कओस्कीले भलि बललाई गोलमा परिणत गरेका थिए। हुगो इकिटिकेले बराबरी गोल गरे फर्काए। २८औं मिनेटमा रक्षक मार्किन्होसलाई बिट गर्दै ओपेन्डाले २–१ को अग्रता दिलाए। दोस्रो हाफको दोस्रो मिनेटमै एलेक्सिस क्लाउडे मौउरिसले तेस्रो गोल गरेका थिए।

यस अघि पिएसजी मार्च २० मा मोनाकोसँग ३–० ले पराजित भएको थियो। १० दिनपछि पिएसजीले च्याम्पियन्स लिगमा रियल मड्रिडको सामना गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *