काठमाडौं महानगरः टुँडिखेललाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग {भिडियो}

डिसी नेपाल
१८ पुष २०७९ १५:३२

काठमाडौं। काठमाडौंको मध्यभागमा रहेको खुलामञ्चलाई भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै अभियन्ताहरुले काठमाडौं महानगरपालीकामा ज्ञापन पत्र बुझाएका छन् । सोमबार टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका अभियान्ताहरुले भूमिगत पार्किङ बनाउने निर्णय रोक्न माग गर्दै प्रदर्शनसहित महानगरमा ज्ञापन पत्र बुझाएका हुन् ।

महानगरबाट भएको उक्त निर्णयको आलोचना हुँदा समेत आधिकारीक धारणा नआउनु र डिपिआरको कामलाई निरन्तरता दिने काम भएकाले जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउनुपरेको उनीहरुको भनाई छ । ज्ञापन पत्र बुझाउने क्रममा अभियन्ता एवं कांग्रेस नेता भीमसेनदास प्रधानले अहिले ऐतिहासिक टुँडिखेल र त्यसभित्र रहेको खुलामञ्चलाई संरक्षण गर्नु सवैको दायित्व भएको बताए । खुलामञ्चलाई भूमिगत पार्किङको रुपमा प्रयोग गर्दा नजिकै रहेको बीर अस्पताललाई समेत असर पर्ने उनको भनाइ छ ।

अभियन्ताको ज्ञापन पत्र बुझ्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने भन्दै जनताको चाहना विपरित कुनैपनि निर्माण अघि बढाउन नहुने बताएकी छिन् । सन १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुल्ला क्षेत्र भएको टुँडिखेलको भूभाग हालसम्म आइपुग्दा १४ प्रतिशत खुम्चन पुगेको र अतिक्रमण हुने क्रम बढ्दो रहेको अभियान्ताहरुले गुनासो गरेका छन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *