ब्रेन्टफोर्डसँग लिभरपुल पराजित

डिसी नेपाल
१९ पुष २०७९ ९:२०
68
Shares

काठमाडौँ। लिभरपुलले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३१ को नतिजा सुम्पिएको छ। लिभरपुल १७ खेलमा २८ अंकसहित छैटौं स्थानमा छ । ब्रेन्टफोर्ड भने १७ खेलमा २६ अंकसहित सातौं स्थानमा छ।

लिभरपुललाई  आगामी सिजन च्याम्पियन्स लिगको टिकट काट्न समेत कठिन हुने देखिएको छ। लिभरपुल चौथो स्थानको युनाइटेडभन्दा चार अंकले पछि छ । युनाइटेडले लिभरपुलभन्दा एक खेल कम खेलेको छ।

१९औं मिनेटमा लिरभुपुलका इब्राहिमा कानाटेले गरेको आत्मघाती गोलमा ब्रेन्टफोर्डले अग्रता लिएको थियो। ४२औं मिनेटमा योआने विसाको गोलमा ब्रेन्टफोर्डले अफ्नो अग्रता दोब्बर पारेको थियो। पहिलो हाफमै २(० ले पछि परेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले रक्षक भर्जिल भान डाइकलाई समेत मैदानबाहिर निकालेका थिए।

५०औं मिनेटमा एलेक्स अक्सलेड–च्याम्बरलिनको गोलमा योर्गान क्लोपको टोलीले खेलमा फर्कने संकेत गरेको थियो। तर खेल सकिन ६ मिनेट बाँकी रहँदा ब्रेयान एमबेउमुले ब्रेन्टफोर्डका लागि तेस्रो गोल गरेसँगै लिभरपुलको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो।

ब्रेन्टफोर्डले यस सिजन म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पनि हराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *