कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत

डिसी नेपाल
१९ पुष २०७९ १३:३३

काठमाडौं । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेका छन्।

संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन् । अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *