नेपाल–चीन चित्रकला प्रदर्शनी {भिडियोसहित}

डिसी नेपाल
१९ पुष २०७९ १४:३५

काठमाडौं । नेपाल र चीनसँग सम्बन्धीत रहेर विगत १० वर्षमा खिचिएका फोटाहरु, पेन्टिङहरु, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आज आयोजना गरिएको प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धीत विभिन्न फोटा, थाङ्का, अइल पेन्टिङ, क्यालिग्राफी प्रर्दशनी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एसिया नेटवर्क टिभी, सहयोगी नेपाल ओभरसिज चिनियाँ संघ, नेपाली चिनियाँ उद्यम संघको सहआयोजनामा प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीको उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक प्रा बालमुकुन्द रेग्मी, प्राध्यापक शिवलाल भुसाल, कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लु गाओ, नेपाल ओभरसिज चिनियाँ संघका अध्यक्ष जिन छिनदोङ, नेपाली चिनियाँ उद्यम संघका महासचिव झु क्विङलगायतले यस्ता कार्यक्रमले द्विपक्षीय सांस्कृतिक आदानप्रदान र एक आपसमा सदभाव निर्माण तथा थप सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरे ।

साथै उनीहरुले नेपाल–चीन हिमाल र पानीले जोडिएका मित्रवत छिमेकी राष्ट्र भएको र द्विपक्षीय सांस्कृतिक आदानप्रदानको लामो इतिहास भएको उल्लेख गर्दै यो कार्यक्रम आपसी मित्रता र सहयोग प्रवद्र्धन, इतिहास निर्माण गर्ने महत्वपूर्ण माध्यम भएकामा जोड र्दिए । नेपाल र चीनबीचको सांस्कतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउन र दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाउन इन्टिच्युटले उक्त प्रदर्शन गरेको जनाएको छ ।

क्यालिग्राफी, थाङ्का र फोटोग्राफी प्रदर्शनीमार्फत नेपाल र चीनको संस्कृति प्रदर्शित हुने विश्वास गरिएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ १४ औं ब्याच मेडिकल टोली, काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्टिच्युट, एसोसियसन अफ चाइनिज संघ, पोखरा ओभरसिज चाइनिज संघ, नेपाल चिनियाँ उद्यमी महासंघ, उद्यमी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *