लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो
सोलुखुम्बु। तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ। मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।
तेन्जिङ हिलारी विमानस्थलबाट अहिले दैनिक सातभन्दा बढी उडान भइरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको जनाइएको छ।
प्राधिकरण प्रमुख महेश श्रेष्ठका अनुसार काठमाडौँ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन्। ती विमानले फर्किंदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन्। चिसो अत्यधिक बढेकाले चिसो छल्न खुम्बु छाड्नेको सङ्ख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो।
त्यसका कारण एयरलाइन्सहरुका टिकट काउन्टरमा पनि यात्रुको चाप अधिक रहेको प्रमुख श्रेष्ठले बताए। मौसममा सुधार भएसँगै सोमबारदेखि नियमित उडान भइरहेको प्राधिकरणले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment