चिसो बढेपछि शुक्लाफाँटा नगरक्षेत्रका विद्यालय बन्द

डिसी नेपाल
२० पुष २०७९ २३:२७
20
Shares

कञ्चनपुर । कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको छ ।

एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि पठनपाठनमा कठिनाइ भएपछि नगरपालिकाको शिक्षा समिति र विद्यालयका प्रधानाध्यापकको बैठकले दुई दिन बिदा दिने निर्णय गरेको शुक्लफाँटा नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार मौसम प्रतिकूल रहेमा थप बिदा दिने निर्णय भएको छ । यसअघि यहाँको वेदकोट नगरपालिकाले पनि चिसो बढेपछि पठनपाठनमा बाधा पुगेकाले माघ २ गतेसम्मका लागि बिदा दिइसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *