नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनमा माइक खोसाखोस
सुर्खेत। नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा संस्थापन र संस्थापन इतर पक्षको पार्षदको विषयलाई लिएर विवाद गरेका हुन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुस्थित होटेलमा बिहीबार आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबीच लफडा भएको हो। संस्थापन इत्तर पक्षधरका पार्षदहरू धेरै भएको र संस्थापन पक्षधर पार्षदहरूको नाम काटिएको भन्दै संस्थापन पक्षधरले विरोध गरेका हुन्।
अधिवेशनमा सहभागी एक व्यक्तिले दुई पक्षधरबीच माईक खोसाखोसको स्थिति सृजना भएको बताए। उनले भने, ‘हुम्लाका एक प्रतिनिधिले माइकनै चुडाई दिएका छन् ।’
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानीलगायतको सहभागीता छ । उनीहरूको अगाडि दुई पक्षबीच धकेला धकेल भएकाे थियाे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment