सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित

डिसी नेपाल
२१ पुष २०७९ १५:२७
3.0k
Shares

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ  स्थगित भएको छ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्। सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको थियो।

तर, सन्दीपकै कानुन व्यवसायीले बिहीबारको सुनुवाइ स्थगित गरेका उच्च अदालत पाटनले जनाएको छ। यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन।

पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले नै सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। तर, बिहीबार उनको पेसी चौथो नम्बरमा परेको थियो।

एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंको आदेशअनुसार उनी १८ कात्तिकमा कारगार चलान भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *