चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला
काठमाडौं। चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्।
भरतपूर महानगरपालिका वडा नम्बर २९ स्थित लमजुंगे टोलका २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया शान्ती भन्ने बुद्धीमाया राना मगर आज बिहान आफनै घरमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, श्रीमान आफ्नै घरको कोठाको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डीएको अवस्थामा थिए। उनकी श्रीमती घर बाहिर आगनमा रहेको अगेनाको छेउमा मृत अबस्थामा रहेको प्रहरीले जनाएको छ।
मृतक बुद्धीमाया रानाको टाउकोमा चोट रहेको छ। अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment