लुम्बिनीमा मुख्यमन्त्री आलोपालो गर्ने एमाले-माओवादीबीच सहमति

डिसी नेपाल
२६ पुष २०७९ १७:३५

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीले दाबी गरेसँगै आलोपालो गर्ने सहमति भएको छ । मंगलबार माओवादी केन्द्का उपमहासचिव वर्षान पुनको पहलमा गठबन्धनका शीर्ष नेताको तहबाटै आलोपालो गर्ने सहमति गरेका हुन्।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले माओवादीलाई पूर्णकार्यकाल मुख्यमन्त्री पाउने गरी कर्णाली प्रदेश तोकिएको थियो । तर, माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले असन्तुष्टि ब्यक्त गरेसँगै आलोपालो गर्ने सहमति भएकाे बताइएको छ ।

नेकपा(माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको बताएका छन् ।

उनका अनुसार एमाले माओवादी शीर्ष नेताबीच सहमति गरी लुम्बिनीको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो । पहिलो अढाई वर्ष एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने  त्यसपछि माओवादीका जोखबहादुर मुख्यमन्त्री बन्ने सहमति भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *