पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण {फोटोफिचर}
काठमाडौं। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा उनको शालिकमा माल्यार्पण गरिएको छ । विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेता तथा नेपाली सेनाले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।
यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए।











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment