पोखरा विमान दुर्घटना : अहिलेसम्म ३७ जनाको शव पहिचान
काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, एसपी, खड्ग खत्रीका अनुसार मृतकमध्ये सोमवार अपराह्णसम्म ३७ जनाको शव पहिचान भएको छ।
अधिकारीहरूले यती एअरलाइन्सको विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव फेला परेको जनाएका छन् भने हराइरहेका चार जनाको खोजी जारी छ।
चालकदलका सदस्य र विदेशी नागरिकहरूको शव पोस्टमोर्टम गर्न काठमाण्डू पठाइने भएको छ।
पोखरास्थित सेती नदीको खोँचबाट सोमवार बिहान थप दुई जनाको शव उद्धार गरेसँगै यती एअरलाइन्सको दुर्घटनाग्रस्त विमानबाट भेटिएका ६८ वटै शव गण्डकी अस्पताल पुर्याइएको अधिकारीहरूले बताएका छन्।
ती शवहरूको पोस्टमोर्टमको प्रतिक्षा भैरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। विमानमा सवार अन्य चार जना हराइरहेकाहरूको खोजी जारी रहेको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment