पोखरा विमान दुर्घटना : शव पाउने आशामा आफन्तहरू
काठमाडौं । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको पोस्टमोर्टम कक्ष अगाडि यती एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्तको भीड लागेको छ। अधिकारीहरूले आजबाट आफन्त र परिवारलाई शव हस्तान्तरण गर्ने बताएका छन्।
नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनास्थलबाट सङ्कलित शवको पोर्टमोर्टमका लागि काठमाण्डूबाट फरेन्सिक विज्ञहरूको टोली पोखरा लगिएको जनाएको छ। शव बुझ्न पोखरा पुगेका आफन्तहरूलाई स्थानीय एक होटलमा बसोबासको व्यवस्था मिलाइएको छ।
पोखरामा आफन्तले बुझ्न चाहेका शवहरू पोष्टमोर्टमपछि हस्तान्तरण गरिने र बाँकीलाई काठमाण्डू ल्याइने अधिकारीहरूले बताएका छन्। पहिचान खुल्न नसकेका र विदेशी नागरिकका शव पनि काठमाण्डू ल्याइने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
दुर्घटनास्थलबाट सङ्कलित ६८ शवमध्ये क्याप्टेन कमल केसी सहित ४१ जनाको शव पहिचान भएको गण्डकी प्रदेश कार्यालयका प्रहरी उपरीक्षक खड्ग खत्रीले जानकारी दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment