यतिको ‘ब्लाक बक्स’ छानविन आयोगलाई जिम्मा

डिसी नेपाल
२ माघ २०७९ १५:३९
80
Shares

पोखरा।  सोमवार बिहान फेला परेको यति एअरलाईन्सको ‘ब्लाक बक्स’ छानबिन आयोगलाई जिम्मा लगाईएको छ। आइतवार बिहान भएको बिमान दुर्घटनाको ‘ब्लाक बक्स’ सोमवार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाईएको हो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतवार गठन भएको छानबिन समितिले आजैवाट काम सुरु गरेको र फेला परेको ब्लाक बक्स छानविन समितिलाई जिम्मा लगाईएको हो।

बिमान दुर्घटनामा ‘ब्लाक बक्स’ महत्वपुर्ण प्रमाण हुन्छ। ककपिटमा भएका कुराकानी तथा अन्य आवाजका लागि ‘ब्लाक बक्स’ले धेरै सुचना दिने गर्छ। ‘ब्लाक बक्स’लाई सबैभन्दा बलियो प्रमाण मानेर छानबिन गर्ने गरिन्छ।

पोखरा बिमान दुर्घटना पछि बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा एक छानविन आयोग गठन गरेको थियो । जसमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापालाई सदस्यमा राखेको थियो । सो आयोगको सदस्य सचिवमा भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्। गठन भए लगत्तै आयोगले छानविनको काम सुरु गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *