आकाशमा उडिरहेका बेला विमानको ढोका अचानक खुलेपछि…

डिसी नेपाल
२ माघ २०७९ १७:००
1.1k
Shares

काठमाडौं । उडानको क्रममा अचानक विमानको ढोका खुल्यो । जसका कारण विमानमा सवार २५ यात्रु र चालक दलका सदस्यहरुको ज्यान खतरामा पर्यो । विमान विश्वको सबैभन्दा चिसो क्षेत्रबाट उडेको थियो । विमान जहाँबाट उडेको थियो त्यो मगान नामक ठाउँको तापक्रम माइनस ४१ डिग्री सेल्सियस थियो । एक्कासी ढोका खुल्दा यात्रुको सुरक्षा खतरामा परेको थियो ।

‘द मिरर’को रिपोर्टका अनुसार एरो एन्टोनोभ–२६ विमान रुसको याकुतियाको साइबेरियन क्षेत्र मगानबाट गत जनवरी ९ मा उडेको थियो, उक्त विमान मगदान जान लागेको थियो । यसैबीच विमानको ढोका खुल्यो । विमानमा उपस्थित एक यात्रुले यो घटनाको भिडियो बनाउन थाले ।

खुला रहेको विमानको ढोकालाई सामान ओसारपसार गर्न प्रयोग गरिन्छ । यो ढोका खोल्नेबित्तिकै तीव्र गतिको हावाका कारण विमान भित्रका पर्दा उड्न थाले । चिसोका कारण यात्रुहरु पनि काँप्न थाले ।

आपतकालीन अवस्था देखेर पाइलटले विमान मगनमा अवतरण गर्ने निर्णय गरे । विमान सकुशल अवतरण भएको छ । तर, यो नाटकीय घटनाका कारण विमान भित्रको तापक्रम ह्वात्तै घट्यो । जब विमान मगनबाट उडेको थियो, तब तापक्रम माइनस ४१ डिग्री सेल्सियस थियो।

विमानमा सवार सबै २५ जनाको ज्यान जोगिएको एक रिपोर्टमा उल्लेख छ । कसैलाई कुनै हानी नोक्सानी भएको छैन । तर, विमानमा सवार केही व्यक्तिको टोपी पक्कै उड्यो । यसैबीच, अर्को रिपोर्टमा यो पनि भनिएको छ कि यो घटनाका कारण धेरै यात्रुहरूको सामान पनि खसेको छ।

घटनाको अर्को भिडियो ११२ न्युज आउटलेटले शेयर गरेको छ, जसमा चिसोका कारण विमानमा रहेका यात्रुको अवस्था बिग्रिएको देख्न सकिन्छ । यो भिडियोमा एक यात्रुले एक व्यक्ति हावामा उडेर बाहिर निस्कन लागेको भनिरहेका छन् ।

एएन–२६ मोडलका ट्वीन इन्जिनका विमानहरू अब प्रयोगमा नरहेको एक उड्डयन विज्ञले बताए । विमानको लकिङ सिस्टम फेल भएपछि विज्ञहरू पनि अचम्ममा परेका छन् । यस विषयमा अनुसन्धान भइरहेको छ । यो विमान सोभियत संघले सन् १९७० मा बनाएको थियो भने सन् १९८६ मा यस विमानको उत्पादन रोकिएको थियो ।

रिपोर्टमा विमान मगन नामको क्षेत्रबाट उडेको बताइएको छ । यो संसारको सबैभन्दा चिसो सहर हो। यो शहर याकुतिया क्षेत्रको राजधानी पनि हो। पछि विमानले यहाँ आकस्मिक अवतरण पनि गराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *