विमान दुर्घटनाः

६९ जनाको शव फेला, ४१ जनाको सनाखत, शव लिन सेनाको हेलिकोप्टर पोखरामा

डिसी नेपाल
२ माघ २०७९ १७:४०
32
Shares

काठमाडौं। पोखरामा आइतबार यती एअरलाइन्स विमान दुर्घटनामा परेका ७२ मध्ये ६९ जनाको शव फेला परेको छ। जसमध्ये ४१ जनाको शव पहिचान भइसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

यती एयरलाइन्सले पोष्टमार्टम पश्चात् परिवारजनलाई शव बुझाउने बताएको छ। एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी आइतबार पोखराको सेती नदी खोचमा दुर्घटना परेको नाइन एन–एएनसी–७२ ५०० विमानमा मृत्यु भएका यात्रुको शव परीक्षणपछि परिवार र आफन्तजनको जिम्मा लगाउने बताएको हो।

दुर्घटनामा मृतकको शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा पुगिसकेको र परीक्षणको प्रक्रिया सुरु गरिसकेकाले पोखरामा बुझ्न चाहने परिवारलाई परीक्षण पश्चात शव बुझाइने सो एयरलाइन्सले जनाएको छ।

विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवलाई काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको बताइएको छ। यती एयरलाइन्सले मृतक यात्रुको परिवारका सदस्य वा आफन्तजनलाई थप जानकारीका लागि एअरलाइन्सको काठमाडौँमा पेम्बा शेर्पा (९८०१००७५३१) र पोखरामा स्टेशन म्यानेजर राम लामिछाने (९८०२८२८८००) लाई सम्पर्क गर्न सकिने बताएको छ। यसैगरी, अस्पतालमा हर्क रावल (९८०२८११२२२) र सुष्मा श्रेष्ठ (९८०२८१२१११) सँग सूचना लिन सकिने एयरलाइन्सले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *