विमान दुर्घटनाबाट ज्यान गुमाएकाप्रति लुम्बिनी र भैरहवामा श्रद्धाञ्जली (फाेटाेफिचर)
भैरहवा। आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना गरिएकाे छ। साथै, भैरहवाकाे देवकोटा र बुद्ध चाेकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै स्थानीयले दीप प्रज्वलन गरेका छन्।

पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनमा परी ज्यान गुमाएका ७० जनाको शव फेला परेको छ। विमानमा सवार बाँकी दुई यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ।







No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment