पर्यटन प्रवर्द्धनमा एउटा इटा थप्दै “डाइमण्ड हिल रिसोर्ट” {फोटो\भिडियो}

डिसी नेपाल
३ माघ २०७९ १३:२१

काठमाडौं । काभ्रेको पनौती नगरपालिका नजिकै निकै मनमोहक स्थानमा डाइमण्ड हिल रिसोर्ट देख्न सकिन्छ । पनौतीको मुख्य बजारबाट करिब तिन किलो मिटर उत्तरमा अवस्थित यस रिसोर्टमा निकै शान्त र पारिवारिक वाताबरण पाउन सकिन्छ । समुद्री सतहबाट करिब रिसोर्ट १६२९ मिटरमा अवस्थित यस रिसोर्टमा सगरमाथाको मनोरम दृश्यदेखि पनौतीका फाटहरु हेरर पर्यटकहरु रमाउने गर्दछन् ।

बिहानको सनराइजदेखि बेलुकाको सन सेटसम्मका दृश्यले यहाँ पुग्ने जो कोहीलाई पनि लोभ्याउने गर्दछ । यहाँबाट हाइकिङ्ग गर्ने अप्सन धेरै छन्। काठमाडौँको कोलाहलबाट केही समयभए पनि छुट्कारा पाउन गाउँको तिर्सनालाई मेटनका लागि पनौतीको डाइमण्ड हिल रिसोर्ट एउटा राम्रो गन्तव्य बनेको छ ।

यहाँ शुक्रबार र शनिबार मेल महोत्सबमा जस्तै मानिसहरुको भिड लाग्ने गर्दछ । रिसोर्टको क्षमताको कुरा गर्नु पर्दा यहाँ ४० वटा रुम तयार अवस्थामा रहेका छन्। ३२ रोपनी क्षेत्रफलमा फौलिएको यस रिसोर्टले पनौतीको पर्यटन प्रवर्द्धनमा थप टेवा दिएको पाइन्छ । रिसोर्टले पर्यटन प्रवर्द्धनमा सहायोग गरिरहदा भने यहाँको स्थानिय सरकारले भने खासै चासो नदिएको डाइमण्ड हिल रिसोर्टका संचालक राजन थापा बताउँछन् । थापाका अनुसार स्थानिय सरकारले राजनीतिक खेमाका आधारमा व्यवहार गर्ने गरेको बताउँछन् ।

उनी भन्छन्, “म बिशुद्ध पर्यटन व्यवसायी। नयाँ नयाँ ठाउँमा पर्यटन  प्रवर्द्धन गर्नु पर्छ भनेर भर्जिन भर्जिन  डेस्टिनेसन चुज गर्ने मेरो पहिले देखिको हब्बी हो।  यदि म पार्टीमा आबद्ध भएको भए अलि कति सहयोग हुन्थ्यो होला तर आबद्ध नभएको हुनाले अलिकति असजिलो परिस्थिति मैले भोगे।”

उनले यस रिसोर्टसम्म आइपुग्नका लागि बाटो बनाउन पनि आफ्नै लगानीमा बाटोहरु निर्माण गर्नु परेको दुखेसो पोखे ।

डाइमण्ड हिल रिसोर्टसम्म पुग्नका लागि दुई वटा बाटो भएर पुग्न सकिन्छ । एउटा भक्तपुर बनेपा पनौती हुँदै अर्को भक्तपुरको सुर्यविनायकदेखि रानीकोट हुँदै पनि पुग्न सकिन्छ । बनेपाको बाटोभन्दा पनि रानीकोटको बाटो एकदमै आनन्द र मनोरम छ । पनौतीको बाटो आउँदा खेरि लगभग ३०–३२ किमि माथि पर्छ । सुर्यविनायकबाट आउँदा सुर्यविनायक चोकदेखि यहाँसम्म जम्मा १८ किमि मात्र रहेको छ। लुबू–ग्वार्कोबाट आउने हो भने यो बाटो अरु बाटो भन्दा ९–१० किमि छोटो पर्छ।

यहाँ पुग्ने गेष्टहरु यहाँबाट हाइकिङ्ग जाने यताउता घुम्ने, फ्रेश क्राउड फिसहरु खाने यो भन्दा दक्षिण तर्फको लिलावती खोला जसलाई अहिले  रोशी भनिन्छ। त्यहाँ भालेश्वर मन्दिर छ। जुन पुरानो मन्दिर हो। त्यहाँ फिसिंग रडहरु लिएर गएर असला माछा मरेर रमाइलो गर्ने गर्दछन् । रमाइलो गर्नको लागि यो ठाउँ भरपुर र पोटेन्सियल डेटिनेशन रहेको संचालक थापा बताउँछन् ।

यस रिसोर्टले पर्यटन प्रवर्द्धनमात्र होइन स्थानियहरुको जिविकोपार्जनको बाटो पनि बनेको छ । यहाँका केही स्थानियले रोजगारी पनि पाएका छन् भने कतिले आफ्नो बारीमा उब्जाएको साग फलफुल लगायतका कुराको बजार पनि पाएका छन् । रिसोर्ट भित्रको कुरा गर्नु पर्दा यहाँका कोठाहरु र बेडहरु पनि एकदमै सफा र हरेका कोठाबाट वरपरको वातावरण मज्जा संग नियाल्न सकिन्छ ।

परिवारिक वातावरणमा यहाँको स्टाफहरुको पाहुनालाई गर्ने सत्कार, व्यवहारले अथिति भगवान हुन् भन्ने कथन अझैं कायम छ भन्ने लाग्छ । डाइमण्ड हिल रिसोर्टले पनौतीको मात्र नभएर नेपालको नै अन्तरिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्यारहेको छ ।

डाइमण्ड हिल रिसोर्टका संचालक तथा पर्यटन व्यवसायी राजन थापासंग डिसी नेपालले गरेको कुराकानी:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *