एमालेका मन्त्रीमा पौडेलबाहेक सबै नयाँ अनुहार

डिसी नेपाल
३ माघ २०७९ १२:१७

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा एमालेले एकजनाबाहेक सबै मन्त्री नयाँ बनाएको छ। विगतमा जस्तै पटक पटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा विष्णु पौडेल मात्र परेका छन्। पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन्।

एमाले अध्यक्ष केपी ओलीले बाँकी सात मन्त्री र एकजना राज्यमन्त्री सबै नयाँ अनुहार छानेका छन्।

जसमा दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री नियुक्त हुने भएका छन्।

आजै प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्त गर्ने भएकी छन्। यसअघि ज्वाला साह १३ दिनसम्म मन्त्री भएकी थिइन्।

मन्त्री बन्न लागेकामध्ये विमला राई राष्ट्रिय सभा सदस्य हुन्। सरकारमा राष्ट्रिय सभाबाट पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै एमाले नेतृत्वमाथि दबाब परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *