बाइडेनको निजी निवासबाट गोप्य कागजातहरू भेटिएको विषयमा ह्वाइट हाउसको यस्तो प्रतिक्रिया

डिसी नेपाल
३ माघ २०७९ १४:२३
24
Shares

काठमाडौं । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनको निजी निवासमा आउने र जाने व्यक्तिको बारेमा कुनै जानकारी उपलब्ध नभएको जनाएको छ। रिपब्लिकन पार्टीका सदस्यहरूले अमेरिकी राज्य डेलावेयरस्थित जो बाइडेनको घरबाट गोप्य कागजातहरू प्राप्त गरेपछि राष्ट्रपतिको निजी निवासमा आगन्तुकहरूको विवरण माग गर्दै थिए।

सोमबार, ह्वाइट हाउस काउन्सिलको कार्यालयले भनेको छ कि राष्ट्रपतिको निजी घरमा आगन्तुकहरूको निगरानी गर्नु शिष्ट अभ्यास होइन। कम्तिमा २० गोप्य कागजातहरू बाइडेनको घर र वाशिंगटनमा निजी कार्यालयमा फेला परेका थिए।

यी कागजातहरू ओबामा प्रशासनको समयमा उनी उपराष्ट्रपति भएको समयका हुन्। सीबीएस न्युजका अनुसार यीमध्ये केही ‘टप सिक्रेट’ कागजातहरू हुन्।

ह्वाइट हाउसले सप्ताहन्तमा पाँचवटा नयाँ गोप्य कागजातहरू प्राप्त गरेको बताएको छ। कानुनअनुसार राष्ट्रपतिको कार्यकाल सकिएपछि सबै कागजपत्र राष्ट्रिय अभिलेखालयमा बुझाइन्छ ।

ह्वाइट हाउसले यी फाइलहरू ‘अन्जानमा गलत ठाउँमा राखिएको’ र यस विषयमा पूर्ण सहयोग भइरहेको जनाएको छ । रिपब्लिकन नेता र हाउस ओभरसाइट कमिटीका अध्यक्ष जेम्स कमरले यस सम्बन्धमा ह्वाइट हाउसका चीफ अफ स्टाफ रोन क्लेनलाई पत्र लेखेका छन्।

उनले भने, “राष्ट्रपति बाइडेनले गोप्य कागजातहरूको गलत प्रयोग गरेको बारेमा प्रश्न उठेको छ कि उनले राष्ट्रिय सुरक्षालाई जोखिममा पारेका छन् कि छैनन्।”

उनले जो बाइडेनको घरमा आउने आगन्तुकहरूको नामको सूची नआएसम्म अमेरिकीहरूलाई यी संवेदनशील कागजातहरू कसले पायो भन्ने थाहा नहुने भएकोले आगन्तुकको सूची पनि माग गरेका छन्।

तर सोमबार जारी गरेको विज्ञप्तिमा ह्वाइट हाउस काउन्सिलको कार्यालयले घरमा आउने पाहुनाको नामबारे त्यस्तो कुनै सूची उपलब्ध नभएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *